टीकाको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण



काठमाडौं । गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहकाबीच गीति संग्रह लोकार्पण गरिएको हो ।

सामारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार एवं साहित्यकार डाक्टर कृष्णहरि बराल,अतिथिहरुमा गायिका ज्ञानु राणा,गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, संघका पुर्व अध्यक्ष चुडामणी देवकोटा,कलाकार लय संग्रौला,किरण केसी,उत्तम केसी लगायतयले कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बरालले पछिल्लो समय गीतहरु पाठ्यक्रमका रुपमा पाठकमाझ आउन थालेकोमा खुसी व्यक्त गरे । उनले समारोहमा गीति संग्रहको चर्चा गर्दै गीतले सबै थरि भावलाई समेटेको बताए । उनले पछिल्लो समय गीत पाठ्य हुन्छ कि हुँदैन भन्ने गीतकारहरुमा चर्चा हुन थालेको बताउँदै आफ्ना भनाईहरु राखेका थिए । उनले भने,‘पहिलो कुरा गीत पाठ्य हुन्छ कि हुदैन भन्ने कुरा उठ्यो । यसलाई जसरी पढ्न र सुन्न सकिन्छ ।’

कार्यक्रममा अतिथि वरिष्ठ फिल्म लेखक,निर्देशक तथा कलाकार लय संग्रौलाले गिति संग्रहको चर्चा गरेका थिए । उनले पछिल्लो समय गीतहरु संग्रहमा आउन थालेमा अत्यन्य खुसी भएको बताए । उनले भने,‘हामीले टेलिभिजनमा कार्यक्रम देखायौ,खेल्यौ अब केहि वर्षपछि सबैले विर्षन्छन् तर, पुस्तक त सदावहार हो जुन कृति कहिलै मर्दैन। टीका जीले गीति संग्रह बजारमा ल्याउनु भयो यो अन्त्यन्त राम्रो कुरा हो।’

वरिष्ठ हास्यकलाकार किरण केसी (रातामकै)ले गीतकार नेपालको गीति संग्रहका गीतबाट आफु निकै प्रभावित बनेको बताए । समारोहमा मै केसीले गीतकार भट्टराईका ८ ओटा गीत आफुलाई प्राप्त भएको र केहि गीत रेकर्ड गर्ने बताए ।

गीतकार संघको आयोजनामा भएको समारोहमा कृतिको समीक्षा रामबाबु श्रेष्ठले गरेका थिए । उनले संग्रहमा संग्रहित गीतहरुले मान्छेका वास्तविक जीवनसँग मेला खाने,देश भक्ती रहेको बताए । श्रेष्ठले संग्रहमा रहेका सबै गीतको समीक्षा गर्दै नेपालको लेखन कलालाई अब्बल मान्नुपर्ने बताए ।

अर्का अतिथि तथा गीतकार अमर बान्तुले पनि गीति संग्रहका गीत एकदमै सुन्दर रहेको बताए । उनले गीतकार भट्टराईको गीतहरु अब्बल रहेको बताउदै आगामी दिनमा अझ सुन्दर गीत लेख्न आग्रह गरे ।

गीतकार संघका पुर्व अध्यक्ष चुडामणी देवकोटाले गीतकार नेपाललाई बधाई तथा शुभकामना दिदै गीति संग्रह भित्रका गीतको चर्चा गरे । उनले भने,‘गीत भनेको टेक्स आर्ट हो । गीत पढ्दा एकदमै मन पर्यो । देश भक्ती गीतले देशका सबै नागरिकलाई उचाल्छ । त्यहि गीतका भावहरु गीति संग्रहमा पढ्न पाउदा अत्यन्त खुसी भए।’ उनले गीत शब्द निकालेर मात्र नहुने तर, गीतलाई रेकर्डिङ गरेर स्रोतामाझ ल्याउन समेत सुझाव दिए ।

समारोहका अर्का अतिथि बिश्व बल्लभले गीत यस्तो लेख्नुपर्छ, उस्तो लेख्नुपर्छ भन्ने नरहेको बताए । उनले मनमा जे आउँछ त्यसैलाइृ गीतका रुपमा उतार्न आग्रह गरे । उनले भने,‘तपाईंको मनमा जे आउछ, छट्पटी जे आउछ, जे मुड चल्छ त्यहि गीत लेख्नुस मेरो बिन्ती । तर गीत सरल लेख्नुस् । गीत लेख्ने क्रममा भट्टराईहरु कम छन् । म पनि बिश्व बल्लभ भट्टराई हो । मलाई पनि गीत लेख्न झकझक्याएको हो कि भन्ने बुझेको छु ।’

गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्वमा आयोजना भएको कार्यक्रममा गायिका ज्ञानु राणाले गीतका शब्दहरु निकै राम्रा रहेको बताईन।

यता गीतकार संघका अध्यक्ष थापाले पनि गीतकार नेपालमा एउटा सशक्त गीतकारको रूपमा आफूले पाएको बताए । उनले गीतकार नेपालको गीति संग्रह गीतकार संघकै कार्यलयमा गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । गीति संग्रहमा स्वदेश तथा विदेशीएका सन्तानबीचको माया प्रेम समेत दर्शाएकोले गीति संग्रह उत्कृष्ट बनेको चर्चा गरे ।

२५ पृष्ठको यो गीति संग्रहलाई गीतकार आफैले प्रकाशन गरेकी हुन् । कृतिमा १२५ गीत संग्रहित छन् । समारोहमा गीत, संगीत, साहित्य,कला क्षेत्रका व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.