परदेशमा रहे पनि संगीतमा सक्रिय तुलसी



काठमाडौँ। झापा जिल्लामा जन्मिएका तुलसी सिवाकोटी नेपाली संगीत क्षेत्रमा चिर परिचित नाम हो। सानै उमेर देखि गीत संगीतमा रुची राख्ने तुलसी बिगत एक दशक देखि युरोपमा बस्दै आएका छन्। स्कुलमा पढ्दा देखि नै उनी विभिन्न कार्यक्रमहरुमा गीत गाउने गर्दथे। उनि बिदेशमा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय छन्। उनि विदेश बस्दा पनि समय निकालेर आफ्नो सृजनाहरु दर्शक श्रोतामाझ पस्कि रहेका छन्। उनका दुइ दर्जन बढी गीत सार्वजनिक भइ सकेका छन्। उनको पहिलो रेकर्ड गीत देशभक्ति भावना बोकेको थियो।

परदेशमा काम गर्दै जाँदा सुख दुखका दिनहरु त आइ रहन्छन् तर पनि परदेशी जीवनमा रहेर पनी नेपाली गीत संगीतलाई माया गर्दै आफ्ना सृजनाहरु निरन्तर सार्वजनिक गर्दै अघि बढेका गायक तुलसी बिदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा पनि आफुलाई सक्रिय बनाउने गरेका छन्। सिवाकोटीका सार्वजनिक गीतहरु इन्टरनेट ले,छोरी,प्रेमको निशानी,म त मान्छे,बसौं न तिमि र म लगायत रहेका छन्। संगीतको मोह जागे पछि जता पुगे पनि छोड्न नसक्ने उनि बताउछन्।

Copyright © 2012 - 2026 | All Right Reserved.