‘सर्खारको सर’को शिर्ष गीत सार्वजनिक (भिडियो)



काठमाडौं । सामाजिक कथा बस्तुमा निर्माण गरिएको टेली चलचित्र ’सर्खारको सर’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । नेपाली समाजमा घटेका यथार्थ घटना र समाजमा रहेका समस्याहरुलाई दर्साउने उदेश्यले निर्माण गरिएको टेली चलचित्र ’सर्खारको सर’ को शिर्ष गीतको रचना विनयराज पौडेलले गरेका छन् भने राजेन्द्र बजगाईले संगीत भरेका छन् ।

सिरियलमा सिपि पुडासैनी,दीपक आचार्य,रबिन्द्र झा,लीला केसी,जगदिश्वर अधिकारी,प्रतिषा रिजाल,राजु कट्टेल,सिजन तिवारी,मरिना गुरुङ,सुरज अधिकारी,तलिसा गुरुङ,डिम्पल खरेल,सबिता खड्का,रमेश अधिकारी,बिरबल घले,राजु कट्टेल लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

रघुनाथ सापकोटा कार्यकारी निर्माता रहेको सिरियलको निर्देशन बिनय राज पौडेलले गरेका छन् भने टेली चलचित्र ’सर्खारको सर’को कथा बस्तु पनि रघुनाथ सापकोटाले नै लेखेका हुन् । टेली चलचित्र प्रत्येक बुधवार राती ८ः४५ बजे नेपाल नेटवर्क टेलिभिजनबाट प्रशारण हुँदैछ ।