प्रदीप उत्कृष्ट अभिनेता, उत्कृस्ट अभिनेत्री दीया



काठमाडौँ । अभिनेता प्रदीप खड्का उत्कृष्ट अभिनेता घोषित भएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उनले उत्कृष्ट अभिनेता घोषित हुँदै अवार्ड समेत हात पारेका हुन् । करिब ८ वर्षको अभिनय करियरमा प्रदीपले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् ।

अवार्ड पाउँदा आफैलाई अचम्म र खुसी लागेको उनले बताए । ‘अहिलेसम्म उत्कृष्ट अभिनेताको अवार्ड पाएको थिइनँ । ‘स्टार’ भनेर केही अवार्ड पाएको थिएँ’, उनले भने, ‘मैले ‘प्रकाश’ गर्नुको कारण कलाकारको रूपमा प्रशंसा होस् भन्ने नै थियो । त्यो पाएको थिए । अवार्डले थप खुसी दियो ।’

कार्यक्रममा उत्कृष्ट अभिनेत्री भने दीया मास्के घोषित भइन् । दीयाले पनि चलचित्र ‘प्रकाश’ बाट अवार्ड पाएकी हुन् । फिल्ममा प्रदीप र दीयाको आमा–छोराको भूमिका रहेको थिए ।

गत २ चैतबाट सुरु भएर सोमबार सकिएको निफको छैटौं संस्करणमा ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट फिचर फिल्म, सुजित विडारी उत्कृष्ट निर्देशक, पटकथा लेखक, जुरी अवार्ड दिनेश खत्रीले प्राप्त गरे ।

सोमबार आयोजित समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री सुदन किराँती मुख्य अतिथिको रूपमा सहभागी थिए, भने अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ, प्रकाश सायमी लगायत थुप्रै चलचित्रकर्मीको सहभागिता थियो ।

३५ देशका ९५ चलचित्र प्रदशर््न भएको निफमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो । ५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास आयोजना भएको थियो । प्रो.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना)ले मास्टर्श क्लास चलाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.