दर्शकको प्रतिक्रिया बुझ्न दीपक दीपा पुगे बनेपाको शुभकामना हल



काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ४’ ले प्रदर्शनको तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । चलचित्रको व्यवसाय राम्रो भएपछि निर्माण युनिट अहिले फिल्म प्रदर्शनरत हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेको छ ।

यस्तैमा शनिबार चलचित्र युनिटले बनेपाको शुभकामना हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएको छ । कलाकार निर्माता दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा ‘गौडा’, राज आचार्य लगायत युनिटमा सहभागी रहेका थिए । हलमा फिल्म युनिटले दर्शकसँग सेल्फि खिच्दै अटोग्राफ समेत दिएको शुभकामना हलका मालिक दुर्गालाल प्रधानले बताए ।

‘कलाकारलाई आफ्नो अगाडि देख्दा फिल्म हेर्ने दर्शक निकै खुसी देखिए’ श्रेष्ठले भने ‘कलाकार हलमा आएपनि दर्शक झन् बढ्दो रहेछ ।’ चलचित्रले आफ्नो हलमा सुरुका दिन देखिनै राम्रो व्यवसाय गरिरहेको प्रधानको भनाई छ ।

चलचित्रको विषयमा दर्शकको प्रतिक्रिया बुझ्न र दर्शक भेट्न आफूहरू हल हल धाइरहेको निर्माता कलाकार निर्मल शर्मा ‘गैडा’ले बताए । ‘हामीहरु फिल्म सुरु हुने र छुट्ने समयमा दर्शक भेट्न उपत्यका र बनेको हलमा पुगिरहेका छौ’ शर्माले भने ‘३, ४ पटकसम्म फिल्म हेरे भन्ने दर्शक पनि भेटियो । त्यो देख्दा निकै खुसी लाग्दो रहेछ ।’ उपत्यकाको हल भ्रमण सकाएर अहिले उपत्यका बाहिर भ्रमणको योजनामा आफूहरू रहेको उनले सुनाए ।

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । चलचित्रले अहिलेसम्म दश करोड बढी व्यवसाय गरिसकेको बताइन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.