चौथो ओएसनेपाल म्युजिक अवार्डको आवेदन खुल्ला



काठमाडौँ । सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएसनेपाल म्यूजिक अवार्ड-२०८०’ आयोजना हुने भएको छ । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ६१ विधा रहनेछन् । जसमा सहभागिता जनाउन देश विदेशबाट सजिलै फारम भर्न सकिनेछ । अवार्डमा भागलिंदा २०७८ बैशाख २ गतेदेखि २०८० वैशाख २ गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्नेछ ।

गएका तिन सिजनको अवार्ड भब्य र सभ्य रुपमा सम्पन्न गरेको थियो । अवार्ड र फारम सम्बन्धी थप जानकारीका लागि ९८४९२८११८८ नम्बर वा ओएस नेपालको कार्यालयमा सम्पर्क गर्न सकिनेछ । अवार्ड जेठमा हुने आयोजकले जानकारी दिएको छ।