रानीको ‘हरपल’ मा वर्षा र जीवन (भिडियो)



काठमाडौँ। नायिका वर्षा सिवाकोटीलाई मोडल जीवन आचार्यको यादले सताएको छ । तर, यो रियल लाइफमा भने होइन । गायिका रानी शाक्यको स्वरमा समावेश ‘हरपल’ बोलको गीतमा वर्षा जीवनको यादमा तड्पिएकी हुन् । अरुण तिवारीको शब्द रहेको गीतमा बिक्रम थापाको संगीत छ । सार्वजनिक गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन, नवराज उप्रेतिको छायांकन छ ।
गायिका शाक्य अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय छिन् ।