सुरु भयो छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)



काठमाडौँ। छैटौं ‘नेपालअन्तर्राष्ट्रिय चलचित्रमहोत्सव’ (निफ) कोकाठमाडौं स्थितसिभिल मलबाट भब्य सुभारम्भ भएको छ । ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’नाराका साथ सुरु भएको ‘निफ’ मा३५ देशका ९५ चलचित्रप्रदर्शन हुनेछन् । ५० भन्दा बढी विदेशी फिल्मकर्मीले महोत्सवको उद्घाटन समारोहमा सहभागिता जनाएका थिए । महोत्सव ६ गतेसम्म चल्ने छ ।

कार्यक्रममा विशेष अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपालका लागि चाइनाका राजदुत छन् सोङ, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, निफका संयोजक यादव भट्टराई, निफकाअध्यक्ष केपी पाठकले मन्तब्य राखेका थिए । फेष्टिभल उद्घाटन समारोहमा भारत, ब्राजिल, युरोपियन युनियनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भनिए पनिअन्तिम समयमा उनले असमर्थता जनाएका थिए ।

छैटौंनिफको ‘ओपनिङ फिल्म’को रुपमा केरिन शर्मा निर्देशितचलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.