चलचित्र ‘जय हो’ औपचारिक निर्माण घोषणा



काठमाडौँ । चलचित्र ‘जय हो’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको औपचारिक रूपमा घोषणा गरिएको हो । टेक पौरखी राईको निर्देशन रहने चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, नीशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, रोहित रुम्बा लगायतको अभिनय रहनेछ ।

द्धन्द्व सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह रहने फिल्मका निर्माता शोभित बस्नेत हुन्न भने निर्माण संयोजक सुवास काफ्ले रहेका छन् ।

चैत्र ५ देखि फ्लोरमा जाने फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममन शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण रहने चलचित्र आगामी भाद्र ८ बाट प्रदर्शन गरिने निर्माण टिमले जानकारी गराएको छ । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा राज के अधिकारी र सुरज सरकार हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.