निर्देशक प्रताप सुब्बाको निधन



काठमाडौं। निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका निर्देशक सुब्बाको अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । उनि ७५ वर्षका थिए।

मौलिक नेपाली चलचित्रका प्रणेता मानिने सुब्बाले दार्जिलिङबाट ‘परालको आगो’, ‘बाँच्न चाहनेहरु’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘भीष्म प्रतिज्ञा’ जस्ता चलचित्रको निर्देशन गरेका छन् । ‘परालको आगो’ नेपालबाहिर बनेको पहिलो मौलिक सिनेमा थियो । ४० को दशकमा नेपाल आएका सुब्बा केही सिनेमा र टेलिसिनेमा बनाएर ५० को दशकमा दार्जिलिङ फर्किए ।

दार्जिलिङमा सन् १९४७ मा जन्मिएका सुब्बाले ७ वटा फिचर सिनेमा, ६ वटा वृतचित्र, ५ वटा भिडियो सिनेमा, १३ वटा टेलिसिनेमा र ५ वटा नाटकको निर्माण तथा निर्देशन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.