रवीको ‘ओई मेरी रामप्यारी’ मा सुशान्त र लोसिना (भिडियो)



काठमाडौँ। अभिनेता सुशान्त कार्की अहिले नेपालमा छन् । लामो समयको अष्ट्रेलिया बसाईपछि कार्की गत महिना नेपाल पर्केका हुन् । नेपाल फर्केसँगै उनले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहेका छन् ।

करिब एक दर्जन सिनेमामा काम गरेका सुशान्त अभिनित कमब्याक म्युजिक भिडियो रिलिज भएको छ । ‘नेपाल आइडल सिजन २’ विजेता गायक रवी ओड स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’को भिडियो रिलिज गरिएको छ । सार्वजनिक म्युजिक भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन् ।

हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.