टेली चलचित्र ’सर्खारको सर’को प्रोमो सार्वजनिक



काठमाडौँ। सामाजीक कथा बस्तुमा निर्माण गरिएको टेली चलचित्र ’सर्खारको सर’ को प्रोमो सार्वजनिक गरिएको छ । ‘सर्खारको सर’ राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ । सिरियलको निर्देशन बिनय राज पौडेलले गरेका छन्। टेली चलचित्र प्रत्येक बुधवार राती ८.४५ बजे नेपाल नेटवर्क टेलिभिजनबाट प्रशारण हुनेछ।

रघुनाथ सापकोटा कार्यकारी निर्माता रहेको सिरियलमा दीपक आचार्य,रबिन्द्र झा,सिपि पुडासैनी,लीला केसी,जगदिश्वर अधिकारी,प्रतिषा रिजाल,राजु कट्टेल,सिजन तिवारी,मरिना गुरुङ,सुरज अधिकारी,तलिसा गुरुङ,डिम्पल खरेल,सबिता खड्का,रमेश अधिकारी,बिरबल घले लगायतका कलाकारको अभिनय रहेको छ। राजेन्द्र बजगाईंको संगीत रहेको टेली चलचित्र ’सर्खारको सर’को कथा रघुनाथ सापकोटाले लेखेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.