डा.शम्भुको गजल ‘पैसा खाउ’मा विजय र अलिसा



काठमाडौँ । डा. शम्भु कंडेलको मार्मिक शब्द रहेको गजल गीत ‘पैसा खाउ’ को भिडियो सार्वजनिक गरिएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सर्वपरि भएको प्रति ब्याङ्ग्य गरिएको छ ।

भिडियो थानेस्वरकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोमा विजय पुन, अलिसा बास्तोला र अशोक भुजेलको अभिनय देख्न सकिन्छ । भिडियोले पनि पैसाका कारण समाजमा देखिएको विकृत देखाउन खोजेको छ । भिडियोका निर्देशक रोजल थापा हुन् । राम केसीको छायांकन रहेको भिडियोमा बिकास ज्ञावली र इश्र्वर बाबुको सम्पादन छ।