अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’



काठमाडौंँ । नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाईशो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र बिमस बोर्डका अध्यक्ष भुवन केसी, बरिष्ठ चलचित्रकर्मी यादव खरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजनकै महाप्रबन्धक फूलमान बल तामाङ लगायतले उनलाई खादा र सम्मान पत्रले सम्मानित गरे ।

कार्यक्रममा फिल्मका चर्चित कला निर्देशक निर्जल श्रेष्ठ ‘सोसल मिडिया कला सम्मान २०७९’ प्राप्त गर्दा पत्रकार पारमणी पौडेल ‘युवा पत्रकारिता पुरस्कार २०७९’बाट सम्मानित भए । पत्रकार पौडेललाई नगद १५ हजार पाँच सय ५५ बाट सम्मानित गरिएको हो । ड्रिमवल्र्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाडाँैले आयोजनामा गरेको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’मा चलचित्र ‘बेलुन’ ले सर्वोत्कृष्ट अवार्ड पाएको छ । वर्षभरीकै सर्वोत्कृष्ट चलचित्र बन्दै लघुचलचित्र ‘बेलुन’ले ‘बेस्ट शर्ट फिल्म अफ द इयर’ को अवार्ड पाएको हो । लघु चलचित्रमा माओवादीकालको द्धन्द्धमा आधारित कथावस्तु समेटिएको छ ।
समारोहमा उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएका छन् । समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विषयवस्तु समेटिएका लघुचलचित्र र वृत्तचित्रलाई अवार्ड वितरणमा बढी प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले बताइन् । उनले पहिलो अन्तर्राष्ट्रिय अवार्ड लघुचलचित्र ‘लोरी’ ले पाएको इतिहास रहेकाले लघुचलचित्रमा राम्रो भविष्य छ भनेर आशावादी हुन सकिने भन्दै सबैलाई निरन्तरता दिन आग्रह गरिन् ।

चर्चित फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौतले निर्णायक रहेको अवार्डमा आदिवासी जनजाति चलचित्रमा भने निणार्यक समुहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा रहेका थिए ।

क–कस्ले पाए अवार्ड ?
उत्कृष्ट छोटो फिल्म : बादलको गीत
उत्कृष्ट निर्देशक : अंकित पौडेल (बादलको गीत)
उत्कृष्ट सम्पादक : दीपेन्द्र मल्ल, आशिष भण्डारी (पेन्सिल)
उत्कृष्ट स्क्रिनप्ले : बालोन (जोन योन्जोन)
उत्कृष्ट सिनेमेटोग्राफर : राजेन्द्र पाल (भबिहिन)
उत्कृष्ट ध्वनि डिजाइन : किशोर आचार्य (बादलको गीत)
उत्कृष्ट अभिनेता : हिमाल खड्का (पेन्सिल)
उत्कृष्ट अभिनेत्री : काव्य आचार्य (रत्नपार्क)
उत्कृष्ट स्वदेशी फिल्म : के (सागर केरुङ)
उत्कृष्ट दस्तावेज : लाडी पूजा (विन्दु कुमारी माझी)
बेस्ट युट्युब भिडियो : कोरोना हर्णे देवी (अशोक बस्नेत) उत्कृष्ट एनिमेटेड भिडियो ः सियाल र सिंह को कथा (बिशाल लोहानी)
उत्कृष्ट देशभक्ति संगीत भिडियो : एक्स ब्यान्ड, मातो पानी (शिव मुखिया)
सर्वश्रेष्ठ सामाजिक भिडियो : राहराई भो (उत्सव केसी)
प्रोत्साहन पुरस्कार : छोरी (सुरेन्द्र थापा)
उत्कृष्ट चलचित्र निर्माता महिला : गंगा (मेरोन राज भण्डारी)
उत्तम सन्देश : कलुवा (अम्बिका भण्डारी)
क्रिएटिभ फिल्म अफ द इयर बालुन : बलोन (जोन योन्जन)
जूरी पुरस्कार : नफुलेको फुल
जुरी अवार्ड (स्वदेशी फिल्म) : मोहिनी नखा
उत्कृष्ट चलचित्र बाल विषयवस्तु : पेन्सिल

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.