५१ बर्ष पछी फेरी रेकर्ड गरेर ल्याइयो ‘टिकुली ट्याक’ (भिडियो)



काठमाडौं। ५१ बर्ष अघि गायक नबिन किशोर राईको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको गीत ‘टिकुली ट्याक’ लाई रिरेकर्ड गरेर भिडियो सहित सार्वजनिक गरिएको छ। रमेश प्रसाईंको स्वरमा पु:न रेकर्ड गरिएको हो। गीतमा शब्द तथा संगीत नबिन किशोर राईको रहेको छ।

लोक शैलीको गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन्। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा हरिश निरौला,प्रियना आचार्य,पुष्पराज ओझा र तुलसी घिमिरे फिचर्ड छन्। संखुसभामा छायाँकन गरिएको भिडियो उत्कृस्ट बनेको छ। पवन सुस्लिङ्गको छायांकन र सम्पादन रहेको भिडियोको निर्माण द प्रिमियर प्रोडक्सनले गरेको हो। भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक आचार्यले भिडियो बाट आउने रोयल्टी सामाजिक कार्यमा खर्च गरिने बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.