‘बुलाकी’ को पहिलो गीत सार्वजनिक



काठमाडौं। सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘नाच सुवा’बोलको गीतमा गायक सिडी बिजय अधिकारी र रचना रिमालको स्वर रहेको छ। सार्वजनिक गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको छ। गीतको भिडियोमा चलचित्र मुख्य पात्र नरेन र सुरक्षा संगै अनु पराजुलीको नृत्य रहेको छ।

लक्ष्मण सुनार निर्देशीत चलचित्र टोपेन्द्र विष्टले निर्माण गरेका हुन । चलचित्रमा नरेन खड्का,सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् भने उनीहरुको साथमा रमेश बुढाथोकी,लक्ष्मी गिरी,कुलदीप अधिकारी,सुशीलपोखरेल,झलनाथ खत्री,धनवहादर राई,लक्ष्मण देवकोटा,बसन्त उदास,सोनु सेढाइका साथै नयाँ प्रस्तुति स्वरुप प्रकाश कँडेल र सरस्वती खत्रीले अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको चलचित्र शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।चलचित्र बैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ।