जर्जीयामा बाल गायक प्रसुनजंगले जिते अवार्ड



काठमाडौँ। जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वल्र्ड राईजिङ स्टार २०२३ प्रतियोगितामा नेपालका बाल गायक प्रसुनजंग पोखरेल विजयी भएका छन्।
प्रतियोगितामा उनले राष्ट्रिय पोसाक टाइटल पनि जितेका छन्। थाइल्यान्डको टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्सअप भएका प्रसुन ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन्। उनी नेपालको डीएसए सिंगिङ स्टार २०१९ का विजेता हुन्।

परिवर्तन इभेन्ट हाउसद्वारा राजधानीमा आयोजित नृत्य, गायन र अभिनयसम्बन्धी प्रतिस्पर्धा डी एस ए स्टार २०१९ मा विजेता भएबापत नेपालको प्रतिनिधित्व गर्दै प्रसुन जर्जिया पुगेका थिए। त्यहाँ उनले ४२ देशका प्रतिस्पर्धीमाझ अन्तिम स्पर्धा गरेका थिए। प्रसुनले उपाधि चुमेवापत शनिबार सितल निवासमा राष्ट्रपती बिद्या देबी भण्डारीले प्रसुनलाई विश्वमाझ पुगेर नेपालको नाम चिनाउने काम गरेकोमा शुभकामनासहित अवार्ड हस्तानतरण गर्नु भएको थियो। सो कार्यक्रममा ब्राइट फ्युचर एकेडेमीका सिइयो मोहन कार्की, मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा र परिवर्तन इभेन्ट हाउस निर्देसक राज बराइलीलगायत सहभागि थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.