आर.सी. र अन्जु पन्तको ‘भीर माहुरी’ मा रोशन र प्रियंका ( भिडियो)



काठमाडौँ। गायक आर.सी. रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा मोहन थापाको शब्द र गायक आर. सी.कै रहेको संगीत रहेको छ ।

डान्सिङ विटमा बनेको गीतको भिडियोमा रोशन केसी र प्रियंका कार्की फिचर्ड छन् । भिडियो भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशनमा बनेको हो। गीतकार थापाको प्रेमिल शब्द अनुसारको म्युजिक भिडियो बनेको छ । यस म्युजिक भिडियोमा निर्देशक शिवाकोटीले गीतको भाव जस्तै निर्देशन र कोरियोग्राफीमा भिडियो तयार पारेका छन् । सार्वजनिक भिडियोमा रोशन र प्रियंकाको नृत्य हेर्न सकिन्छ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन र रंग संयोजन रहेको छ। भिडियो नेपमेलो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.