चलचित्र ‘बहाव’सँग खल्ती एपको सहकार्य



काठमाडौं । आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बहाव’सँग खल्ती एप जोडिएको छ । चलचित्रका निर्माता श्रीधर पौडेल र खल्तीका चिफ मार्केटिङ अफिसर अभिनास गुप्ताले सहकार्यको सम्झौता गरेका छन् ।

खल्ती एपमार्फत नेपालका २९ हलबाट दर्शकले टिकट काट्न सक्नेछन् । जसमा काठमाडौं उपत्यकाको हकमा बीग मुभिज, क्युएफएक्स लबिम मल, क्युएफएक्स सिभिल, क्युएफएक्स छायाँ सेन्टर, दरबार सिनेम्याक्स, क्युएफएक्स भक्तपुर, आइएनआइ सिनेमा लोत्से, रन्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, वान सिनेमाज, बीएसआर मुभिज, सिटीम्याक्स सिनेमाज, विश्वज्योति सिनेमाजमा गई दर्शकले टिकट काट्न सक्नेछन् ।

त्यस्तै चितवनको क्युएफएक्स जलमा, चितवन सिनेप्लेक्स, पोखराको पोखरा सिनेप्लेक्स, मिडटाउन सिनेमाज, बुटवलको क्युएफएक्स बुटवल, आइएनआइ सिनेमाज, द्वारिका उदय सिनेमा, भ्यूज सिनेमाज, क्युएफएक्स विराटनगर, सिटी सिनेमाज, धरानको फ्रेण्ड सिनेमाज, दमौलीको क्युएफएक्स दमौली, नेपालगञ्जको क्युएफएक्स बागेश्वरी र बिर्तामोडको क्युएफएक्स वान स्टपमा खल्ती एप प्रयोगकर्ताले टिकट लिन पाउने सुविधा उपयोग गर्न पाउनेछन् ।

सम्झौता अनुसार फिल्मसँग सम्बन्धित प्रश्नोत्तरलगायत विभिन्न क्रियाकलापहरु खल्ती एपमार्फत गरिनेछन् । खल्ती प्रयोगकर्ताले ती क्रियाकलापहरुमा सहभागी बनी फिल्म टिकटलगायत विभिन्न उपहारहरु जित्न सक्नेछन् । फिल्म प्रमोसनका क्रममा फिल्म युनिट र खल्ती दुवै मिलेर विभिन्न कलेजमा भ्रमण गर्ने कार्यक्रमसमेत रहेको खल्तीका गुप्ताले बताए ।

हाल खल्तीको फेसबुक पेजमार्फत फिल्म ‘बहाव’ सम्बन्धी प्रश्नोत्तरको जवाफ दिई भाग्यशाली ५ जनाले पुरस्कार जित्न सक्नेछन् ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’ स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको व्यानरमा बनेको हो ।

प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मले ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ थिम बोकेको छ । निर्देशक कँडेलले ‘बहाव’ नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताए । उनले सुरक्षामार्फत फिल्मको थिमलाई प्रस्तुत गरिएको खुलाए ।

फिल्म सम्बन्धी अन्य जानकारी फिल्मको वेबसाइट https://bahaab.com/ मा गई हेर्न सकिनेछ । दर्शकले फिल्म सम्बन्धी क्रियाकलापमा भाग लिन खल्ती एपमा जोडिन सक्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.