सुरक्षाले कसिन लगनगाँठो



सेलिब्रेटी नेपाल । अभिनेत्री सुरक्षा पन्तले आज बिहिबार विवाह गरेकी छन् । प्रेमी मानव सुवेदीसँग पन्तको विवाह आफन्त र परिवारका बीच चितवनमा सम्पन्न भएको हो । सुरक्षा र मानव लामो समयदेखि प्रेममा थिए । उनीहरुले लुकाएर राखेको प्रेम केहि हप्ता अगाडि मात्र बाहिर आएको थियो ।

फेसबुकमा फोटो पोस्ट गर्दै सुरक्षाले आफुहरुले विवाह गरेको जानकारी दिएकी छिन् । बुधबार इन्गेजमेन्ट गरेर आज उनीहरुले विवाह गरेका हुन् ।

मानवले निर्देशक र अभिनेता भएर फिल्म र म्युजिक भिडियोमा काम गरेका छन् । एउटै क्षेत्रमा भएकाले पनि मानव र सुरक्षाले केहि म्युजिक भिडियोका कामहरु संगै पनि गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.