चार महिला पत्रकार सम्मानित



काठमाडौँ। ११३ औं अन्तररास्ट्रीय नारी दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले चार जना महिला पत्रकार लाइ सम्मान गरेको छ। ‘महिला चलचित्र पत्रकारिता सम्मान’ बाट जयन सुब्बा मानन्धर सम्मानित हुनु भएको छ। त्यसै गरि ‘महिला सक्रिय चलचित्र पत्रकारिता सम्मान’ बाट बिना श्रेष्ठ,सबी कार्की खड्का र शिल्पा अधिकारी सम्मानित हुनु भएको छ।

उपाध्यक्ष सुरक्षा भट्टराईको संयोजकत्वमा महिला चलचित्र पत्रकार सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख अतिथि बसुन्धारा भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पुर्व अध्यक्ष बिदुर गिरि,पुर्व अध्यक्ष शान्तिप्रिय,पत्रकार बिजय रत्न तुलाधर,डब्बु क्षेत्री,जीवन पराजुली,दिपज्योति थापा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी,महासचिव रघुनाथ सापकोटा लगायतले शुभकामना दिएका थिए। चलचित्र पत्रकार संघ नेपालको हालै निर्वाचित नयाँ कार्यसमितिले गरेको यो पहिलो कार्यक्रम हो। सम्मान पश्चात उपस्थित महिला पत्रकारहरुले अन्तरक्रिया कार्यक्रम पनि गरेका थिए।

Copyright © 2012 - 2026 | All Right Reserved.