टिभी फिल्मी च्यानलको नाम परिवर्तन, अब ‘नारी टिभी’



काठमाडौं। पछिल्लो १४ वर्षदेखि टिभी फिल्मी नामबाट प्रसारण हुँदै आएको च्यानलले आज अन्तर्राष्ट्रिय नारी दिवसको दिनदेखि नाम परिवर्तन गरेर ‘नारी टिभी’ राखेको छ ।

टेलिभिजनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘टिभी फिल्मीमार्फत हामीले १४ वर्ष नेपाली सिनेमा जगतको सेवा गर्यौँ । परिस्थिति फेरिँदै जाँदा करिब दुई वर्ष जति सिनेमाहरु नै चलेनन् । त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पर्यो ।’

‘कुनै समय थियो, जति बेला ‘टिभी फिल्मी’ नेपाली सिनेमा, कलाकार, प्राविधिक, वितरकहरुको एक मात्र साझा मञ्च थियो, विज्ञप्तीमा भनिएको छ – ‘आज परिस्थिति बदलिएको छ । अन्य धेरै फिल्मी च्यानल, अनगिन्ती युट्युब च्यानल र प्रभावकारी सामाजिक सञ्जालका कारण सिनेमा क्षेत्रले दर्शकको साथ पाइरहेको छ । हिजो केही, कोहि नहुँदा हामीले सक्दो गर्यौं । यो सुनौलो यात्रामा हामीलाई सघाउनु हुने कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सिने पत्रकारहरु लगायत सम्पुर्ण सिने जगतमा हार्दिक धन्यवाद टक्राउन चाहन्छु ।’

‘अब हामी हाम्रो च्यानललाई नेपाली नारीहरुमा समर्पित गर्न चाहन्छौं, विज्ञप्तीमा भनिएको छ– ‘टिभी फिल्मी अब छिट्टै नारी टिभी बनेर आउने छ। आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ । यस च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरुलाई नै प्राथमिकतामा राखिने छ । नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरु अधिकांश नारीहरु मै केन्द्रित रहने छन् । महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरू लाई सबल सक्षम बनाउने र सबल सक्षम छोरीहरुका प्रेरणादायी कथाहरु देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रशारण गरिने छन् । यी कार्यहरूमा पुरुषहरुले सघाउनु पर्नेछ, साथ र हात दिनु पर्नेछ । देशका आमा दिदिबहिनी छोरीहरुमा समर्पित एउटा सम्पुर्ण नारी च्यानलका रुपमा हामी चाडै नै नेपाली आकाशमा छाउने छौं। हामी चाडै आउनेछौं । अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.