लोक गायक राजेन्द्र लम्सालको युरोपमा निधन



काठमाडौँ । लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । युरोपमा बस्दै आएका ६० बर्षिय राजेन्द्रको गएराती निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । राजेन्द्र अहिलेका लोकप्रिय मोडल सागर लम्साल (बले) को बुबा हुन् । राजेन्द्रका सागर सहित ३ छोरा र १ छोरी छन् ।

राजेन्द्र लोक क्षेत्रका पुराना गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ‘डोरीको तिन फुदा’, ‘वालिङ्ग फिरफिरे’, ‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मस्र्याङदीको पुल’, ‘आमा तिम्रो दुधको भारा’, ‘राईनासकोटको भिर’, ‘निलो पछ्यौरी’ लगायतका लोकप्रिय गीत हुन् । स्व. राजेन्द्रलाई सामाजिक सञ्जालबाट बिभिन्न कलाकर्मिले श्रृद्धान्जली दिइरहेका छन् । उनको शव नेपाल ल्याउने तयारी भईरहेको छ।