‘सिरुपाते जुँगामा…’ दीपकराज र बेनिशाको रोमान्स (भिडियो)



काठमाडौं। व्यवसायिक रुपमा सफल भैरहेको चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’ मंगलबार सार्वजनिक गरिएको छ । रमाइलो कुरा के छ भने चलचित्रको ट्रेलरमा समावेश भएकै कारण यो गीत सार्वजनिक हुनुअघि नै दर्शक तथा स्रोतामाझ लोकप्रिय भैसकेको छ भने यसका हजारौं टिकटक समेत बनिसकेका छन् । दीपकराज गिरी–दीपाश्री निरौला समुहको फिल्मको यो नयाँ गीतका शब्दहरु शंकर अधिकारी घायलले रचना गरेका हुन् भने यसमा बाबुल गिरीको स्वर तथा संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा दीपकराज गिरी तथा बेनिशा हमाललाई फिचर गरिएको छ भने दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, राज आचार्य आदि कलाकारलाई पनि प्रस्तुत गरिएको छ । गीतको भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.