एस्ट्रो अनिल थापा कला क्षेत्रमा पनि अघि बढ्दै



काठमाडौँ। सर्लाही जिल्ला हरिवनमा जन्मिएका एस्ट्रो अनिल थापा पेशाले उनि ज्योतिषी हुन्। आफ्नो ज्योतिषी पेशा संग संगै उनी नेपाली कला क्षेत्रमा पनि सक्रिय छन्। सानै उमेर देखि नै उनि कलाकारिता क्षेत्रमा रुचि राख्थे। एस्ट्रो अनिल थापाको शब्द संगीतमा झन्डै दर्जन बढी गीत रेकर्ड भइ सकेको छ।

बेला बेला उनि म्युजिक भिडियोमा पनि देखिने गरेका छन्। कलाका सबै विधामा रुचि राख्ने र निरन्तर लेख्न,संगीत गर्न र अभिनय गर्न उनि सक्रिय छन्। आफ्नो ज्योतिषी कर्मबाट केहि समय निकालेर नेपाली कला संगीतमा केहि गरौँ भन्ने जोशका साथ अलिक बर्ष अघि देखि नै उनि निरन्तर सक्रिय छन्।

झन्डै दर्जन गीतमा उनले अभिनय पनि गरि सकेका छन्। गीतकार संगीतकार हुँदै यस क्षेत्रमा प्रवेश गरेका थापा आफुलाई अभिनयमा चिनाउन चाहन्छन्। उनको पहिलो रेकर्ड भएको गीत ‘म मरे पनि’हो जसमा उनकै शब्द संगीत तथा स्वर उनकै रहेको छ। उनको स्वरमा ‘यो देशमा जन्मन पाए’ बोलको देश भक्ति गीत र उनकै शव्द,संगित र अभिनयमा गायक शिव परियारको आवाजमा नयाँ गीत सार्वजनिक हुने तयारीमा छ। उनका अन्य ४ गीत पनि सार्वजनिक हुने तयारीमा रहेका छन्। उनले रङ्गहरुको पर्व होलीको अवसरमा सम्पूर्णमा शुभकामना पनि दिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.