दोश्रो ‘नेपाल ग्रामिण चलचित्र महोत्सव’ को लागी चलचित्र दर्ता आव्हान



काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्धेश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको जानकारी महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले दिए । सेलिब्रेटी नेपालले आयोजना गर्न लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा वस्तुमा बनेका चलचित्र सहभागी रहने छ । महोत्सवको लागी चलचित्र दर्ता आव्हान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरुलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो। गत बर्ष गोरखा जिल्लाको लाप्राकमा सम्पन्न महोत्सवमा राम्रै दर्शकको उपस्थिति रहेको थियो। यो वर्ष महोत्सव हुने स्थान भने फाइनल भई नसकेको आयोजकले बताएको छ। महोत्सवमा सहकार्य चलचित्र विकास बोर्डले गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.