धिरजको ‘ज्याकी : आई एम ट्वान्टी वान’ टिजर सार्वजनिक



काठमाडौंँ । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक गरिएको छ । आउँदो वर्षको बैशाख २१ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको टिजरमा अभिनेता धिरज मगर देखिएका छन् । टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ । बाबु र आफ्नो सपना फरक हुँदा एक यूवकले गरेको संघर्षलाई टिजरमा देखाइएको छ ।

चलचित्रमा धिरजको अलवा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको अभिनय छ ।

सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको लेखन रहेको चलचित्रमा कालिप्रसाद बास्कोटा र रोहित शाक्यको संगीत छ । चलचित्रको निर्देशन रेनशा राई रानाले गरेकी हुन् । आईकोर फिल्मस्को ब्यानरमा यो चलचित्र निर्माण भएको हो । आईकोर फिल्मस्ले निर्माण गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले सुखद व्यवसाय गरेको बताइन्छ ।