‘स्ट्यान्ड अप कमेडी कन्टेस्ट’ मा सहभागी हुन बुद्धिको आह्वान



काठमाडौँ। कलाकार बुद्धि तामाङ ‘हैट’ ले भर्चुअल स्ट्यान्ड अप कमेडी कन्टेस्टमा भाग लिन आह्वान गरेका छन् । प्रतिस्पर्धामा विजयी हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । हरेक उमेर समुहका व्यक्तिले घरमै खिचेर १ देखी ३ मिनेट सम्मको ‘स्ट्यान्ड अप कमेडी’ भिडियो पठाएर प्रतिस्पर्धामा सहभागि हुन सक्नेछन।

कमेडिमा आफ्नो भबिस्य खोजी रहेकाहरूलाई प्रोत्साहन गर्ने उदेश्यका साथ प्रतिस्पर्धा आयोजना गरिएको हो । जस्मिन पेन्ट्सले आयोजना गरेको ‘जस्मिन कुल कमेडी फुल’ यस प्रतियोगिताका विजेतालाई एक लाख  साथै दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने कम्पनीका निर्देशक मधुसुदन अर्यालले बताए।

प्रतियोगिताको सम्बन्धी सम्पूर्ण जानकारी कम्पनिको आधिकारिक फेसबुक पेज जस्मिन पेन्ट्स नेपालमा गएर हेर्न सकिने प्रतियोगिताका संयोजक कलाकार सन्तोष खनालले बताए । भिडियो यहि चैत्र महिनाको अन्तिम सम्म पठाइ सक्नु पर्नेछ।
लिङ्क https://fb.watch/i-XysQhxip/