रमेश, हेमन्त, पुष्प, ज्योतिराज, मिरुनासंगै गायक रामा मण्डल प्रदेश १ मा सम्मानित



काठमाडौँ। ‘प्रदेश १ चलचित्र तारा’ बाट अभिनेत्री मिरुना मगर सम्मानित भएकी छन् । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको ‘इनरुवा उत्सव चलचित्र महोत्सव’ को अवसरमा यो सम्मान गरिएको हो । प्रदेश १ मा जन्मिएर यहाँको नाम उच्च राखेको र चलचित्र क्षेत्रमा योगदान पुर्याएको भन्दै मगर सहित अग्रज कलाकार रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, पुष्प श्रेष्ठ, ज्योतिराज राई, गायक रामा मण्डललाई ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मानित गरिएको हो । महोत्सवको अन्तिम दिन पनि अन्य ब्यक्तित्वहरुलाई ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मान गरिने आयोजक संस्था नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष, महोत्सवका निर्देशक तथा परिकल्पनाकार अरुण कुमार प्रधानले बताए ।

सुनसरी सदरमुकाम इनरुवा अवस्थित शान्ती चोकमा केही फरक र बृहत् तवरले आयोजना भैरहेको महोत्सव २ भागमा दिउँसो १२ बजेदेखी राती १० बजेसम्म संचालन भैरहेको छ । एकातिर ‘इनरुवा उत्सव’ अन्तर्गत इनरुवाको कला प्रवर्द्धन, प्रस्तुती, प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम भैरहेको छ भने अर्कोतिर ‘चलचित्र महोत्सव’ अन्तर्गत प्रदेश १ मा बनेका लामो तथा छोटो १८ ओटा चलचित्रहरु नि:शुल्क प्रदर्शन भएका छन् । ‘चलचित्र महोत्सव’ अन्तर्गतका १८ चलचित्रहरु भने प्रदर्शन भैसकेका छन् । यता प्रजातन्त्र दिवास अर्थात फागुन ७ गतेबाट सुरुभएको इनरुवा उत्सव भने फागुन १७ गतेसम्म चल्नेछ ।

दिउँसो विभिन्न प्रतियोगिताहरु भैरहेका छन् भने साझ साङितिक कार्यक्रम भैरहेको छ । साझको कार्यक्रममा लोकप्रिय कलाकारहरूको प्रस्तुती भैरहेका छन् । जसमा प्रदेश १ का कलाकारहरूलाई आयोजकले विशेष प्राथमिकता दिइरहेको छ । महोत्सवलाई इनरुवा नगरपालिकाले संयोजन गरेको छ । महोत्सवलाई अझ रोचक बनाउन नेता भर्सेज अभिनेता फुटवल खेलको आयोजना गरिने प्रधानले बताए । सुरुवाती चरणमा महोत्सव ५ दिने गरिने तयारी रहेको भएपनि इनरुवावासीको उत्साह र चासोलाई ध्यानमा राख्दै ११ दिनसम्म लम्ब्याईएको हो । महोत्सव सकिएको भोलि