बलिउड बाट नायिका भागीरथी दस दिन दस करोडका लागि नेपालमा


Bhagirathi-powdel

(सेलिब्रेटी नेपाल) ९ साउन-रावण डेब्यु निर्देशक कमल कृष्ण पौडेलले हिन्दि चलचित्र ‘तेरे इश्क मे’ अब अक्टोबर बाट सुटिंग सुरु गर्दै छन्। उनि निर्देशित ‘प्राण भन्दा प्यारो’ यहि असोज ४ गते बाट अल नेपाल रिलिज हुने क्रममा रहेको छ। उनै कमल कृष्ण अहिले आफ्नो अर्को नेपाली चलचित्रको तयारीमा ब्यस्त छन्। उनको चलचित्रको टाइटल ‘दस दिन दस करोड’ जुरेको छ। मुम्बई बाटै आफ्नो चलचित्र यात्रा सुरु गरेका कमलले आफ्नो नयाँ चलचित्रको नायिका पनि मुम्बई बाट नै नेपालमा इन्ट्री गराउने भएका छन्। नेपाली बाबु आमाकी छोरि मुम्बईमा नै बस्दै आएकी भागीरथी पौडेललाई आफ्नो आगामी चलचित्र ‘ दस दिन दस करोड’ बाट नेपाली चलचित्रमा डेब्यु गराउने भएका हुन्।
Bhagirathi-Poudel-2
पाँच फिट एघार इन्च हाइट भएकी भागीरथीले बंगाली फिल्म ‘हरियर चाह बगान’,सिक्किम डट कम तथा अन्य थुप्रै आदिबासी चलचित्र तथा विभिन्न नाटक हरुमा काम गरि सकेकी छिन्। ‘म नेपाली आमा बाबुकी छोरि आफ्नै भूमिमा केहि गर्ने पहिले देखि कै इच्छा थियो अहिले कमल कृष्ण सँग काम गर्ने अवसर जुट्यो’ उनले फोन सम्पर्कमा बताईन्। कमललाई किन नेपालमा भएका नायिकामा विश्वास नभएर बलिउड बाट बोलाएको हो भनि सोद्धा उनि भन्छन ‘नेपालमा अहिले भएका सबै नायिकाको काम गराई हेरी सकियो उनि हरुको दम पनि दर्शक हरुले थाहा पाईसके त्यसैले नयाँ तथा ट्यालेन्ट लेडी लाई मैले चलचित्रमा इन्ट्री गराउन लागेको हो’ उसमा केहि छ र मेरो चलचित्रमा ऊ नायिका होइन नायक हो’। अब छिट्टै फ्लोरमा जाने चलचित्रमा अन्य कलाकार तथा प्राबिधिक हरुको छनोट भइ रहेको जानकारी कमलले गराए।

Copyright © 2012 - 2026 | All Right Reserved.