लामाको ‘नांगो गाउँ’मा साम्राज्ञी र कर्म अनुबन्धित



काठमाडौं। दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘नांगो गाउँ’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कार्म अनुबन्धित भएका छन् । उनीहरुसँग निर्माण पक्षले सोमबार औपचारिक रुपमा लिखित संझौता गरेको हो ।

चलचित्रमा आफूहरुको भूमिका निकै मन परेकाले चलचित्रमा काम गर्न तयार भएको बताएका छन् । यी दुई कलाकारले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा यसअघि नै दयाहाङ राई र मिरुना मगर फाइनल भैसकेका छन् । यो सँगै निर्माण पक्षले कलाकारको लाइन अप पुरा गरेको हो ।

आलोक शुक्लाको छायांकन रहने चलचित्रमा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकार पनि अभिनय रहनेछ । मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । सिनेमालाई काभ्रेमा खिचिनेछ । चलचित्रमा हिमाल शर्माको लगानी छ ।