हिप-हप समावेश ‘छड्के २’को अडियो सार्वजनिक



काठमाडौं। फागुन १९ मा रिलिज हुने प्रतिक्षित चलचित्र ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक गरिएको छ । ६ हिप-हप गीत समावेश एल्बमले चलचित्रको कथा र पात्रहरुको मनोभाव र परिस्थिति बोल्छन । ‘मेधा’ युट्युब च्यानलबाट सार्वजनिक भएका अडियो ट्रयाक पावरफुल लाग्छन ।

एभिलाइभ, रिवटकोबैन, एडविन बिट्सले कम्पोज गरेका गीतमा न्यास्टीले पर्फम गरेका छन् । सुपरस्टार अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्रलाई निगम श्रेष्ठको लेखन तथा निर्देशन गरेका हुन् ।

यसअघि सार्वजनिक पोस्टर र टिजरले हाइप निर्माण गरेका छन् । टिजरलाई करिब १९ लाखले हेरिसकेका छन् । अनमोल पहिलो पटक ग्याङस्टर भूमिकामा देखिएका छन् ।

अनमोलसंगै सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । यस्तै रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानले यो सिनेमाबाट अभिनयमा डेब्यु गरेका छन् ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । भने कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।