दोस्रो संस्करणको ‘एलआईसी नेपाल मिडिया अवार्ड’ सम्पन्न



काठमाडौँ। आइतबार प्रजातन्त्र दिवसको अवसर पारेर दोस्रो संस्करणको ‘एलआईसी नेपाल मिडिया अवार्ड’ बाट विभिन्न विद्यामा कार्यरत १० जना पत्रकारलाई सम्मान गरिएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको अवार्ड यो वर्ष विभिन्न १० विधाका पत्रकारलाई प्रदान गरिएको हो । कार्यक्रमको उद्घाटन वरिष्ठ पत्रकार भैरव रिसालले गरेका थिए ।

ड्रिम हाई नेपालले आयोजना गरेको दोस्रो ‘एलआईसी नेपाल मिडिया अवार्ड २०७९’ को अवसरमा लाइफटाइम एचिभमेन्ट अवार्ड भने कृष्णा ताम्राकारलाई प्रदान गरिएको छ । बरिष्ठ पत्रकार ताम्राकारलाई १ लाख रुपैयाँ नगद सहित लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।

टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान र पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । यस्त अर्का बरिष्ठ पत्रकार भुषण दाहाललाई दशकका पत्रकारको रुपमा ५१ ह्जार पुरस्कार राशी सहित सम्मान गरियो ।

यस बर्ष अवार्डमा बेष्ट इन्टरटेन्मेन्ट जर्नालिजम अफ द इयर, बेष्ट स्पोट्स अफ इयर, बेष्ट अनलाईन जर्नालिजम अफ द इयर, बेष्ट काटुनिष्ट अफ द इयर, बेष्ट विजनेश जर्नालिजम अफ द इयर, रेडियो जर्नालिस्ट अफ द इयर, टीभी जर्नालिस्ट अफ द इयर, फोटो जर्नालिस्ट अफ द इयर, बेष्ट प्रिन्ट जर्नालिस्ट अफ द इयर र बेष्ट युटुव च्यानल अफ द इयर अवार्डमा पत्रकाहरुलाई सम्मान गरिएको हो ।

जसमा यो वर्षको बिजनेश जर्नालिजम अफ द इयर बाट केटिएम भ्वाइस डटकमका रोयल आचार्य, रेडियो जर्नालिस्ट अफ द इयरबाट रेडियो कान्तिपुरका अनिल परियार, बेष्ट टेलिभिजन जर्नालिस्ट अफ द इयरबाट योहो टेलिभिनका जिबराम भण्डारी, फोटो जर्नालिस्ट अफ इयरबाट मिन बज्राचार्य, बेष्ट प्रिन्ट जर्नालिस्ट अफ इयरबाट नयाँ पत्रिका दैनिकका सिल्पा कर्ण, बेष्ट काटुनिष्ट अफ इयरबाट नागरिक दैनिकका रविन सायमी, बेष्ट इन्टरटेन्मेन्ट जर्नालिस्ट अफ द इयरबाट बाह्रखरीका नरेश फुँयाल, बेष्टस्पोर्टस जर्नालिस्ट अफ द इयरबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, बेष्ट अनलाइन जर्नालिस्ट अफ द इयरबाट साझा पोष्टका बोमलाल गिरी र बेष्ट युटुव च्यानल अफ द इयरबाट मोहन बस्नेतलाई नगद राशीसहित अवार्ड प्रदान गरियो ।

अवार्ड कार्यक्रममा विकास खतिवडालाई फोटोग्राफि सम्मान, भिम बहादुर मल्ल ठकुरीलाई विशेष सम्मान र कृष्ण कँडेललाई पब्लिक च्याइस अवार्डबाट सम्मान गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.