पच्चिसौं सिम्पल सम्मान अर्पण



काठमाडौँ। सिम्पल आर्ट्सले आफ्नो रजत महोत्सवको अवसर पारेर फागुन ७ गते विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका पाँच प्रतिभालाई ‘सिम्पल सम्मान २०७९ अर्पण’ गरेको छ । सभापति ,प्रमुख अतिथि, अतिथि ,मन्च बिना नै आयोजना गरिएको सो कार्यक्रममा कलाकार प्रज्ञा जोशीलाई साहित्यकारहरु विष्णु ओली,सन्तोष पोखरेल,प्रिन्सिपल ज्ञानेन्द्र भट्टराईले खादा,रुद्राक्षको माला र सास लगाइदिएर र साहित्यकार दिवाकर विक्रम शाहले सम्मान पत्र प्रदान गरेर सम्मानित गर्नु भयो ।

यसरीनै साहित्यकार ललिता दोषीलाई साहित्यकारहरु राजेशान केसी,उर्मिला पन्त पाण्डेय,राजबाबु श्रेष्ठ सागर,गङ्गा कर्माचार्य पौडेलले ,पत्रकार केशव पाठकलाई उपन्यासकार शंकर भारती,साहित्यकार ढुण्डीराज पोखरेल,शिक्षिका रजनी बस्नेत र साहित्यकार तिलकप्रसाद लुइँटेलले ,गायिका स्वेता उप्रेतीलाई सङ्गीतकार तथा निर्देशक केशव सान्दाइ,कलाकार तथा साहित्यकारहरु विक्रममान श्रेष्ठ ,माधवलाल श्रेष्ठ र कामनपा वडा ३१ का अध्यक्ष सरोज ढकालले र शिक्षासेवी शेषमणि भट्टराईलाई साहित्यकारहरु कलाधर काफ्ले,विष्णुबहादुर सिंह ,मधुसूदन घिमिरे र वेदमणि घिमिरेले माला,रुद्राक्षको माला,सास र सम्मान पत्र प्रदान गर्नु भइ सम्मानित गर्नुभएको थियो । सस्थाको अध्यक्ष गायक पुष्कर जङ्गमले सम्मानित सबैलाई टिका लगाइदिनु भएको थियो ।शिक्षासेवी भट्टराईलाई वहाँक विद्यार्थीहरु सरोज ढकाल,रोसन गिरी,कृष्ण खड्का ,कुमार चिमोरिया,श्रीधर रेग्मी,सपना शिवाकोटी लगायतले खादा लगाइदिइ सम्मानित गर्नुभएको थियो ।

पुर्व अध्यक्ष विमल कोइरालाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा अध्यक्ष पुष्कर जङ्गमले स्वागत र सस्थापक कोषाध्यक्ष कल्पना शिवाकोटीले सस्था गतिविधि बारे जानकारी गराउनुको अलावा कसैको मन्तव्य राखिएको थिएन । रजत उत्सवको अवसरमा केट काटिएको थियो भने राजनितीज्ञ तथा कवि रविन्द्र मिश्र, साहित्यकारहरु डा मधुसूदन लामिछाने ,दुर्गा अधिकारी भमरकोटे, रामकुमार पण्डित क्षेत्री र रन्जु दाहालले रचना वाचन गर्नुभएको थियो ।उपस्थितिहरु मध्ये एक जनालाई गोला प्रथा मार्फत दिइने पुरस्कार प्रभा श्रेष्ठले प्राप्त गर्नुभएको सो कार्यक्रममा छ दर्जन व्यक्तित्वको उपस्थिति रहेको थियो ।२०५५ साल फागुन ७ गते विमल कोइराला ,केशव सान्दाइ र निबन्ध आचार्यले पहिलो सिम्पल सम्मान कार्यक्रम आयोजना गरेर सिम्पल आर्ट्स नामक सस्था स्थापना गर्नुभएको थियो ।