‘ए साथी सुन’ को शिर्ष गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनित चलचित्र ‘ए साथी सुन’ को शिर्ष गीत रिलिज गरिएको छ । आइतबार इन्टरनेटमा रिलिज गरिएकोे शिर्ष गीतमा अभिनेत्री शिवाकोटी र डेव्यु अभिनेता बानियाँ फिचर्ड छन् । सार्वजनिक गीतमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

सुरज अधिकारी(सुर रक्स) को संगीत तथा रविना मगरकको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ । पोखराका रमणीय स्थानमा खिचिएको चलचित्रको सार्वजनिक गीतको भिडियामा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको चलचित्रमा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् । जयनन्द लामा अभिनित अन्तिम सिनेमा ‘ए साथी सुन’ आगामी चैत १० गते रिलिज हुनेछ ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा सुदीप पौडेल छन् । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.