‘नम्बरी सुन’ को ९० प्रतिशत छायांकन सम्पन्न



काठमाडौँ। राजु गिरीको निर्देशन रहेको चलचित्र ‘नम्बरी सुन’ को ९० प्रतिशत छायांकन सकिएको छ । काठमाडौँबाट सुरु भएको छायांकन अहिले लम्जुङ्गको भुजुङ्ग गाउँमा १९ औं दिनको छायांकन चल्दैछ ।

निर्माण टिमका अनुसार गुरुङ भाषाको धेरै चलचित्र छायांकन हुने स्थल भुजुङ्गमा पहिलो पटक नेपाली भाषाको चलचित्र को छायांकन गरिएको हो । ७० बर्ष पुरानो कथा भएकाले पनि लम्जुङ्गको भुजुङ्ग गाउँमै चलचित्र खिच्नु परेको कथाकार तथा प्रस्तुतकर्ता नारायण खाती बताउँछन् । निर्देशक गिरीले कथाले नै पौराणीक गाउँ खोजेकाले पनि उक्त स्थान खोज्दै जाँदा भुजुङ्ग गाउँ पुगिएको उल्लेख गरे ।

नारायण खातीको कथा तथा प्रस्तुती रहेको चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, अनिता गिरी, मिठु मारकेन राजेन्द्र गिरी र आशा भारती लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने चलचित्रमा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिवम अधिकारीको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।

‘नम्बरी सुन’मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.