दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को अफिसिएल पोस्टर सार्वजनीक



काठमाडौं । महा शिबरात्रीको अबसर पारेर बर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘बिहे पास’ को अफिसिएल पोस्टर सार्वजनीक गरिएको छ । नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने फिल्मको सार्वजनीक तीन प्रकारका पोस्टरमा प्रमुख कलाकार दयाहाङ राई,प्रकृति श्रेष्ठ,बुद्धि तामाङ,शिसिर वाङ्देल, रबिन्द्र झा र रुषा न्यौपानेलाई देख्न पाइन्छ । निर्माण टिमले प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने नारा दिएको छ ।

प्रवेश पौडेलको निर्देशन,रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको हो । आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको बितरण पनि आरआर फिल्मस्ले गर्दैछ । शिब ढकालले खिचेको फिल्ममा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,नवीन शेरचन,उमा बानियाँ,प्रकाश भुजेललगायतका कलाकारको समेत अभिनय छ । डिपी खनालको शब्द रहेको फिल्मको गीतमा प्रबेश मल्लिकको संगीत छ भने रामजी लामीछानेको कोरियोग्राफी,शैलेन्द्र प्रधानको पाश्र्व संगीत अनि मित्र गुरुङको सम्पादन छ । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।