‘छक्का पन्जा ४’ को ट्रेलर २४ घण्टा नपुग्दै यु ट्युब ट्रेण्डिङ्गको शिर्ष स्थानमा



काठमाडौँ । फाल्गुन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर हेर्दा छक्का पन्जा ४ पनि समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको देख्न सकिन्छ । सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै यु ट्युब ट्रेण्डिङ्गको शिर्ष स्थानमा उक्लिएको छ। ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

ट्रेलरमा राजा बनेका दीपक र पत्रकार बनेकी बेनिशा हमालको रोमान्टिक दृश्यहरु पनि समावेश छन् । दीपा श्री निरौला यसपटक भने दीपकको श्रीमतीको भूमिकामा देखिएकी छन् । सुधार गृहबाट निस्किएपछि चुनावमा होमिदै राजाको जीवनमा आउने उतारचढाव ट्रेलरमा देख्न सकिन्छ । सिनेमाले समसामयिक राजनीतिलाई व्यंग्य गर्छ । सिनेमामा दीपकराजको श्रीमतीको रुपमा दीपाश्री निरौलाले अभिनय गरेकी छन् । ट्रेलरको अन्त्यमा दुवै हात उठाउदै जनतालाई समर्थन गरेको दृश्यले उनको पात्रले कौतुहलता जगाउछ ।

अभिनेत्री बेनिशा हमाल पत्रकार र केदार घिमिरे (माग्ने बुढा) शिक्षकको भूमिकामा देखिएका छन् । बेनिशाले निर्वाह गरेको पत्रकार भूमिकालेपनि थुप्रै सस्पेन्स छोडेको छ ।

हेम राज बिसी निर्देशित चलचित्रमा निर शाह, दीपा श्री निरौला, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, अनुराग कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य लगायतका थुप्रै कलाकारको अभिनय रहेको छ ।

दीपकराज गिरीको लेखन रहेको सिनेमाले नेपाली राजनीतिमाथि व्यंग्य गर्छ । नरेन्द्र मैनालीले खिचेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन र निमेष श्रेष्ठको सम्पादन छ । केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको चलचित्रमा दिपेन्द्र खनियाँ र केशव न्यौपानेको निर्माण छ ।