महको अर्को नयाँ टेलिचलचित्र ‘गोल्ड मेडल’ टेलिभिजनमा (भिडियो)


madan-hari-maha-jodi

(सेलिब्रेटी नेपाल) ८ साउन-वरिष्ठ अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अर्को नयाँ टेलिचलचित्र ‘गोल्ड मेडल’ बुधबार (भोलि) टेलिभिजनमा प्रशारण हुँदैछ । महको नयाँ टेलिचलचित्र ‘गोल्ड मेडल’ बुधबार राति ९.३० बजे कान्तिपुर टेलिभिजनमा प्रशारण हुन लागेको जानकारी अभिनेताद्धय श्रेष्ठ र आचार्यले आज आफ्नो फेसबुक मार्फत गराएका हुन्।‘गोल्ड मेडल’ सहरमा फालिएका फोहोर उठाएर जीविकोपार्जन गर्ने परिवारको कथामा आधारित भएको जनाइएको छ। गोल्ड मेडलमा अभिनेताद्धय श्रेष्ठ र आचार्यसँगै राजाराम पौडेल  लगायतको अभिनय देख्न सकिन्छ ।यसअघि अभिनेताद्धयको नयाँ टेलिफिल्म ‘आँऽऽऽ’ गत साता शुक्रबारबाट नेपाल टेलिभिजन बाट प्रशारणमा आएको छ।