दिनेशको चलचित्रमा दिक्षिता र स्वप्नको जोडी



काठमाडौं। निर्देशक दिनेश राउतको अनटाइटल प्रोजेक्टमा गायिका दिक्षिता कार्की अनुबन्धित भएकी छन् । ‘युट्युब सेन्सेसन’ कार्की युवापुस्ता माँझ लोकप्रिय छिन्। लभस्टोरी जनराको यस चलचित्रमा गायक स्वप्न सुमन यसअघि नै फाइनल भैसकेका थिए । चलचित्रमा अब स्वप्न र दिक्षिताको जोडी बाँधिनेछ । अंग्रेजी गीत गाएर चर्चामा आएकी दिक्षिताका ‘तिमि र म’, ‘जीवन’ जस्ता गीत लोकप्रिय छन् । सानै उमेरदेखि दर्शक माझ चिनिएकी दिक्षिता भर्खर १८ वर्ष पुरा भएकी छन् ।

शहर केन्द्रित विषयबस्तुमा निर्माण हुने सिनेमाले शहरी सभ्यताभित्रको ढोंग र प्रेमको कथा भन्नेछ । चलचित्र डिजिटल क्यामेरा इक्विपमेन्ट कम्पनी मल्टी मेटको ब्यानरमा निर्माण हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.