प्रताप र श्रद्धाको ‘यो माया’ मा श्रीदेव र गीता (भिडियो)



काठमाडौँ। गायक प्रताप दास र श्रद्धा दियाली को स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘यो माया’ बोलको गीतमा दिनेश सुवेदीको शब्द र राइ सन्तोषको संगीत रहेको छ। केशब भट्टले निर्देशन गरेको भिडियोमा श्रीदेव भट्टराई फिचर्ड छन्। रोमान्टिक शैलीको गीतमा श्रीदेव र गीताको जोडी सुहाएको छ। प्रकाश खड्काले छायाँकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।