सकियो चलचित्र ‘बाटो’ को छायाँकन



काठमाडौंँ । गत जेठ २९ गतेदेखि छायांकन सुरु भएको चलचित्र ‘बाटो’को इन्ड क्ल्याप गरिएको छ । चलचित्रको गत सोमबार इन्ड क्ल्याप गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको चलचित्र उदयपुरको गाइघाट र काठमाडौंका बिभिन्न स्थानको छायांकनपछि सकिएको हो ।

काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक मदन थापा हुन् । चलचित्रमा लेखन समेत निर्देशक थापाकै रहेको छ । चलचित्रका छायाँकार शरण ऋसी हुन् । निर्देशक थापा तथा छायांकार ऋसी निर्माण युनिटले चेन्नइबाट झिकाएको हो ।

रोड थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘बाटो’मा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायत मुख्य भुमिकामा छन् । चलचित्रका निर्माता चन्दन झा हुन् ।

चलचित्रको पोष्ट प्रोडक्सनको कार्य मुम्बईमा हुनेछ । केही दिनभित्रै पोष्ट प्रोडक्सन सुरु हुने चलचित्र अर्काे बर्ष भित्रमा रिलिज गर्ने योजना निर्माण युनिटको छ । चलचित्र नेपाली सहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजीमा भाषामा समेत तयार हुने निर्माता चन्दन झाले जानकारी दिए ।