दयाहाङ र मिरुनाको सम्बन्धको कथा ‘जारी’को टिजर सार्वजनिक



काठमाडौँ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जारी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा पूर्वी पहाडको लिम्बू समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । यो चलचित्र उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय चलचित्र हो ।

मंगलवार सार्वजनिक गरिएको दृश्यकाव्य टिजरमा संवादहरू भने छैनन्। दुई मिनेट ४६ सेकेन्ड लामो टिजर कविताबाट सुरु भएर कवितामै टुंगिएको छ। पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बीचको माया प्रेम र उनीहरूको सम्बन्धमा आएको उतारचढावको कथा समेटिएको छ।

जारी प्रथामाथि आधारित रहेको चलचित्रमा दयाहाङ र मिरुना बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

चलचित्रमा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रका निर्माता रामबाबु गुरुङ हुन्। चलचित्र आगामी नयाँ बर्षको अवसर पारेर बैशाख १ गते बाट प्रदर्शनमा आउने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.