छोटो कपडा लगायो भन्ने लाई प्रियंकाको गतिलो झापड (भिडियो सहित)


Priyanka Chopra hot
एक्सोटिक म्युजिक भिडियो सार्वजनिक भएपछि तालि र गाली पाएकी प्रियंका चोपडाले बिरोधीलाई जवाफ दिन आफ्नो मुख खोलेकी छन् । म्युजिक भिडियोमा प्रयोग भएका शब्द र भिडियामो उनको पारदर्शी कपडाबारे केहीले उनको विरोध गरेका थिए । जालीवाला पारदर्शी कपडामा भिडियोमा देखा परेकी प्रियंकाले आफ्नो मेहनतको नदेखेको प्रति उनले चित्त दुखाएकी छन् ।’यस्ता पारदर्शी कपडा महिलाहरुले बर्षौदेख लिगाउँदै आएका छन् । यस्ता कपडा मैले धेरै पटक लगाएकी छु । सेक्सी देखिनको लागि यो नै कपडाको सुन्दर मिश्रण हो’, उनले भनेकी छन् । अमेरिकी र्यापर पिटबुलसँगको सहकार्यमा तयार उनको भिडियोमा प्रयोग भएको बिभिन्न शब्दमा पनि आपत्ति जनाएका छन् । उनको भिडियो यु ट्युब मा ६३ लाख भन्दा बढीले हेरी सकेका छन्।

कलाकारबाट संगीतमा हाम्फालेकी प्रियंकाले भने बिरोधीले जसरी नि बिरोध गर्ने भन्दै उनीहरुलाई केही नभन्ने बताएकी छन् । प्रियंकाले आफू बलिउडको साँघुरो घेराबाट उम्किएर विश्वमा चिनिन खोजेको जवाफ दिएकी छन् । ‘मैले बलिउड संगीतलाई विश्वमा चिनाउन खोजेकी हुँ’ ,उनले भनेकी छन्,’भारतको गितमा १० जना नाच्ने मान्छे हुन्छन् भन्नेका लागि म फरक काम गरेर देखाउँन चाहन्छु।’

भिडियो हेर्न याँहा क्लिक गर्नुस >>>>>>>>>>>