रामकृष्ण र अन्जुको ‘जिम्बु झानेर’ मा आकाश र गृष्मा (भिडियो)



काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाईन विक चलिरहेको सन्दर्भमा प्रेमीहरुलाई लक्षित गरी भिडियो सार्वजनिक गरिएको हो । सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको भिडियो गायक ढकालको अफिसियल यूट्युब च्यानलमार्फत प्रिमियर भएको छ ।

गीतमा निरज सिग्देलको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र नव मोडल गृष्मा तामांगको अभिनय रहेको छ । सार्वजनिक भिडियोकी निर्देशक दीपा शाक्य हुन् ।

पहिलो पटक अभिनय गरेकी तामांगले समय र सन्दर्भ मिलेको खण्डमा आफुले अभिनयको क्षेत्रमा निरन्तरता दिने बताईन् । हाल उनि अष्ट्रेलियामा परिवारको साथ बस्दै आएकी छन् । छुट्टी मनाउन नेपाल आएको समयमा आफुले अभिनय गर्ने मौका पाएको र निरन्तरताको लागि कोशिस गर्ने जनाईन् । निर्देशक शाक्यले बीस बर्ष अगाडि अभिनयबाट आफ्नो यात्रा शुरु भएकोमा अहिले आएर निर्देशन गरिरहेको बताईन् । ‘जिम्बु झानेर’ उनको तेश्रो म्यूजिक भिडियो हो । उनि केहि समय बेलायत बसेर नेपाल आएकी हुन् ।