‘पछ्यौरीको फर्को’मा संजित संगै कन्चन र प्रार्थना (भिडियो)



काठमाडौं । चर्चित फोटोग्राफर कुवेर तामाङ पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन् । एक पछि एक सफल भिडियो निर्देशन गर्दै आईरहेका कुवेरको निर्देशनमा अर्को भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा राज केसी र जेसिका केसीको स्वर रहेको छ। ‘पछ्यौरीको फर्को’ बोलको गीतमा शब्द तथा संगीत सनिश परियारको रहेको छ। ह्यारी महर्जन र दिपशन डंगोलको छायांकन रहेको भिडियोलाई संजय अधिकारीले सम्पादन गरेका छन ।

मोडल संजित भण्डारीको साथमा भिडियोमा मोडल कन्चन चालिसे र प्रार्थना फिचर्ड छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.