एस. डि. भन्दैछन् ‘भेट्न आउनु'(भिडियो)



काठमाडौँ। गायक एस. डि. योगीको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘भेट्न आउनु’ बोलको गीतमा सागर थापा ध्रुबको शब्द तथा गायक स्वयमकै संगीत तथा संगीत संयोजन रहेको छ । गीतकार सागर र दिव्यानी वलीको अभिनय रहेको गीतले एक प्रेमील जोडिको प्रेम वियोगको गाथालाई देखाइएको छ ।

हिमाल पारीको जिल्ला मुस्ताङमा छायाँकन गरिएको उक्त गीतको भिडियोको दृश्य निकै नै लोभलाग्दो छ । अनिल कृष्ण मानन्धरको कन्सेप्ट, छायाँकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिगं मनोज काकीले गरेका छन् ।