प्राण भन्दा प्यारो एडल्ट !


pran bhanda pyaro
(सेलिब्रेटी नेपाल) ७ साउन -रावण डेब्यु निर्देशक कमलकृष्णले निर्देशन गरेको तेस्रो चलचित्र ‘प्राण भन्दा प्यारो’ले सेन्सर बोर्ड बाट एडल्ट सर्टिफिकेटपाएको छ। सेन्सर वोर्डले १६ बर्ष मुनिका बालबालिकाले चलचित्र हेर्न नपाउने गरी एडल्ट प्रमाणपत्र दिएको हो। चलचित्र भित्रको बालबालिकाले हेर्न नसक्ने एउटा बलात्कारको दृश्यको कारण एडल्ट सर्टिफिकेट पाएको निर्देशक कमलकृष्णले बताए । निर्देशकका अनुसार यो चलचित्र सत्यकथामा आधारित छ । “एउटी नारी जब बलात्कृत हुन्छिन् तब उसले आत्महत्या गर्ने होईन उसले बदला लिनुपर्छ भन्ने कुरा देखाईएको छ,” “निर्देशक भन्छन्- “नारीले आफ्नो बदला आँफै लिन सक्षम हुन्छन् र उनिहरु पनि यो समाजमा सबल छन् भन्ने आशय चलचित्रले बोकेको छ।”

नेपाल र मलेशियामा सुटिंग भएको यो चलचित्रमा नेपाली कलाकारहरु बासु पुडासैनी, अनामिका चौलागाई, आशा खड्का, बिष्णु सापकोटा, कमल कृष्ण र मलेशियाका कलाकारहरु पेरलिजा राज, अंकिता साहु, सुरेशकुमार, काशान्द्राति आदिको अभिनय रहेको छ। सम्पादन राजेश शाह, क्यामरा मुकेश हुमागाईँ द्वन्द चन्द्र पन्त, कथा र गीत गणेश बगालेको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.