‘मनसँग मन’ र ‘आँधी तूफान २’ प्रदर्शनमा



काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । कैलाश राई निर्देशित चलचित्र ‘मनसँग मन’ र मदन घिमिरे निर्देशित चलचित्र‘आँधी तूफान २’ आज रिलिज भएका हुन् ।

‘मन संग मन’ मा पुष्प खड्का र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । अरुण तामाङ निर्माता रहेको यस फिल्मको गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् ।

यस्तै, एक्सन जनरामा निर्माण भएको ‘आँधी तूफान २’मा रवि गिरी, सञ्जय खतिवडा, सञ्जित भण्डारी, पुष्कर राउत, सोनी बिसी, यांशु श्रेष्ठ, आरती आचार्य, कान्जी कोइराला, ऋचा थापा, अनामिका कार्की लगायतको अभिनय छ । मौनता श्रेष्ठको लेखन एवं निर्माणमा फिल्म बनेको होे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.