नाजिर र कविता फिचर्ड ‘मायामा यस्तो किन’ सार्वजनिक (भिडियो)



काठमाडौँ। अभिनेता नाजिर हुसेन र कविता रायाफिचर्ड म्युजिक भिडियो ‘मायामा यस्तो किन ?’ सार्वजनिक गरिएको छ । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानको स्वर सुन्न सकिन्छ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर भिन्न लुक्समा कवितासँग रोमान्टिक अवतारमा प्रस्तुत छन्। गणेश चौधरीको संगीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वंयमको कोरियोग्राफी रहेको छ। पिके फिल्स्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादनको जिम्मेवारी मिलन बिश्वकर्माले सम्हालेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.